आगलागी हुँदा आठ घर जलेर नष्ट, एकको मृत्यु

काठमाडौँ । उदयपुरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। आइतबार उदयपुरगढी गाउँपालिका–१ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

आगलागी हुँदा उनकी ६६ वर्षीय श्रीमती शिवमाया मगरको जलेर मृत्यु भएको हो। गौतमका अनुसार शिवमाया अपाङ्ग थिइन्। अपरान्ह ४ बजेदेखि लागेको आगो प्रहरी र स्थानीयबासीको सहयोगमा राति साढे ८ बजे नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार आगलागीबाट जम्मा एक करोड २१ लाख बराबरको क्षति भएको छ । आठ घर जलेका छन् भने चौपाय बाख्रा पाठा ५१ वटा मरेका छन्। चार वटा सुँगुर पनि जलेर मरेको कार्यालयले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार