• स्थानीयलाई आतंकित बनाएको आरोपमा ७ जना पक्राउ

    दाङ । स्थानीयलाई आतंकित बनाएको आरोपमा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर मादक पदार्थ सेवन गरेर पेस्तोल आकारको लाइटर, खुँडा र हँसिया प्रदर्शन गरेर उनीहरुले स्थानीयलाई त्रसित बनाएको आरोप छ । पक्राउ पर्नेमा तुलसीपुर घर भएका २५ वर्षीय सन्तोष बस्याल, १६ ...

  • सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

    सुर्खेत । सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बत...

  • फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ : मौसमविद्

    काठमाडौं । विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ। आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिनुभयो। ‘आइतबारदेखि दुई–तीन दिन...

  • दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने प्रण गरौँ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गर्नुभएको छ । विद्य...

  • निर्वाचन–२०७४ : उम्मेदवारले बुझाएनन् खर्च विवरण

    बाँके । सरकारले तीनै तह (संघ, प्रदेश र स्थानीय) तहको चुनाव गराउने तयारी गरेको छ। विपक्षी दलहरूले पनि चुनावका लागि दबाब सिर्जना गर्न थालेका छन् तर अर्को चुनाव आउँदासम्म पनि २०७४ सालमा भएको संघ र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवारले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन्। जिल्ला निर्वाचन कार्यालय...

  • चुनावको मिति सोमबार घोषणा हुन्छ : मन्त्री कार्की

    काठमाडौँ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताउनुभएको छ । निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । भोलि (सो...

  • गायिका लता मंगेशकरको निधन

    काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । उहाँको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उहाँले थुप्रै नेपाली गीतहरु पनि गाउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गर्न...

  • हिउँले कठ्यांग्रिएर दुईको मृत्यु, कैयौं फँसेको आशंका

    जुम्ला । जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका–७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी–८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा...

  • गलेश्वरधाम आमा समुहको अध्यक्षमा रोका चयन (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरधाम आमा समुहको ११औं बार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार गलेश्वरमा सम्पन्न अधिवेशनबाट फुलकुमारी रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरीएको छ । कार्यसमितिको उपाध्यक्षमा बिन्दु कार्की पुर्जा, सचिबमा निशा जिसी महत, सह-सचिबमा नविना केसी कार्की, को...

  • मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा : कार्यविधि र ऐन पारित (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको छ । पाँच वटा कार्यबिधी र एक वटा ऐन पारित भएको प्र...