गलेश्वरधाम आमा समुहको अध्यक्षमा रोका चयन (तस्बिरहरु)

धनिलाल गर्बुजा
गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरधाम आमा समुहको ११औं बार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार गलेश्वरमा सम्पन्न अधिवेशनबाट फुलकुमारी रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरीएको छ । कार्यसमितिको उपाध्यक्षमा बिन्दु कार्की पुर्जा,सचिबमा निशा जिसी महत,सह-सचिबमा नविना केसी कार्की,कोषाध्यक्षमा मनु फगामी सहित १५ सदस्य कार्यसमिति चयन भएको नवनिर्वाचित सचिव जिसी महतले जानकारी दिनुभयो।

कार्यक्रममा वडा अध्यक्ष बेलबहादुर चोखालले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गलेश्वरको विकासको लागी युवाहरुलाई साथमा लिएर अघि सर्नु पर्नेमा जोड दिनुभयो। गलेश्वर क्षेत्र बिकास कोषका उपाध्यक्ष बमबहादुर पुनले हरेक संघ संस्थाले निति ,नियम र विद्यान अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गलेश्वर बजारलाई सफा सुन्दर बनाइ राख्नको लागी स्थानीयबासी एक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा दलित संघ म्याग्दीका कार्यबाहक अध्यक्ष बालकुमार लामिछाने जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की, निशा जिसी ,फुलकुमारी रोकाले बोल्नु भएको थियो। साथै उपाध्यक्षको अनुपस्थितीमा गौमाया गर्बुजाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गौमाया गर्बुजाको सभापतित्व, निबर्तमान सचिब रबिना भण्डारीको सञ्चालन र मनु फगामीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार