• विश्वकप फुटबलमा एसियाबाट पहिलो पटक ६ टिम

    काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो । आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो...

  • असार १ गतेदेखि  सरकारी कार्यालय  समय हेरफेर

    काठमाडौं । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक ...

  • बाँझो जग्गा उपयोगमा ल्याउन गर्न घरेलु उद्योग महासंघको माग

    म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र भित्रका खेतियोग्य तर बाँझो रहेका जग्गाको पहिचान गरि बेरोजगार युवा परिचालन गरेर ...

  • थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गर्नुभएको छ ।नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राख्नुभयो । ‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्...

  • अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावका कारण समयमै मल ल्याउन सकिएन : कृषि मन्त्री

    काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल भित्र्याउन नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा स्थगन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार...

  • ‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उहाँले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्ताव...

  • समाजवाद उन्मुख हुने गरी काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तर्गतका स्थानीय तहहरूलाई आग्रह गर्नुभएको छ । सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तर्गतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले प...

  • सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्नेमा जोड

    काठमाडौँ । ५० करोडभन्दा माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकलाई दिने गरी ऐन संशोधन गरिएको छ । राष्ट्र बैंक ऐन २०५८ संशोधनका लागि संसदको अर्थ समितिमा पुगेको छ । यता सहकारी ऐन २०७४ ले पनि ५० करोडभन्दा माथिका कारोबार गर्ने सहकारीको नियमन जिम्मा राष्ट्र बैंकलाई दिने उल्लेख छ । ‘संसदमा राष्ट्र बैंक ऐन विचाराध...

  • राजश्व अनुसन्धान विभागद्वारा ८ महिनामा ११५ वटा मुद्दा दायर

    काठमाडौँ । राजश्व अनुसन्धान विभागले पछिल्लो ८ महिनामा ११५ वटा मुद्दा दायर गरेको छ । विभागले राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा गरेर उक्त मुद्दा दायर गरेको हो । विभागका अनुसार राजस्व चुहावट सम्बन्धि ६९ वटा मुद्धा दायर गरिएको छ । २०३ जनाविरुद्ध दायर गरिएको मुद्धामा कुल २० अर्ब ६१ करोड ३० लाख ...