• प्रदेश सभामा प्रचण्ड-माधवको पत्र : मुख्यमन्त्री राईसहित ८ जना सांसद निलम्बित

    काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभामा सत्तारुढ नेकपाको प्रचण्डमाधव पक्षले मुख्यमन्त्री शेरधन राईसहित ८ जना सांसदलाई निलम्बन गरेको पत्र पठाएको छ । सोमबार निलम्बन गरिएको पत्र दर्ता भएको प्रचण्ड-माधव पक्षले बताएको छ । प्रचण्ड(माधव पक्षले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रमुख सचेतक...

  • सप्तरीमा साँढे गोरुले हान्दा एक जनाको मृत्यु

    काठमाडौं । छाडा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो। सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो। पछाडिबाट गोरुले हान्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द...

  • प्रतिलिपी अधिकार उल्लंघनको गरेको आरोपमा बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ

    काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले बताए। गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीव...

  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा हुने

    कास्की । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना ...

  • झापाको दमकस्थित भुटानी शरणार्थी क्याम्पमा आगलागी हुँदा एकको मृत्यु

    झापा । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगो लागेको थियो । आगलागी...

  • ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

    बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्...

  • देशभर थपिए ४८८ जना कोरोना संक्रमित , १० को मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५२७ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यस्तै बिते...

  • अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी

    राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा सोमबार बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नम्बरको भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको ...

  • म्याग्दी जेसिजको अध्यक्षमा श्रेष्ठ (तस्बिर सहित)

    बेनी । युवाको क्षमता र नेतृत्व विकासमा क्रियाशील संस्था म्याग्दी जेसिजको नयाँ शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । सोमबार बेनीमा सम्पन्न २२औं साधारणसभा तथा २१ औं अधिवेशनबाट म्याग्दी शाखाको बर्ष २०२१का लागि श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । ???????????????????????????????????? अध्यक्ष श्रेष्ठ...

  • नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।...