काठमाडौँ । सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ। ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्तसम्म प्राप्त हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका...
मुख्य समाचार
-
-
काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध
काठमाडौं । सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताउनुभयो । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भन्नुभयो, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेक...
-
चितवनमा भेटियो नयाँ प्रजातिको चरा
चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ। नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो। छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्बिर लिएका थिए।नयाँ चरा भेटिएपछि चराविज्ञ हेमसागर बरालसहित...
-
विप्लव नेकपाका प्रवक्ताले भेटे गृहमन्त्रीलाई, आफ्ना कार्यकर्ता रिहाइको माग
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ । आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राख्नुभएको थियो । गृह मन्त्र...
-
साउन १ गतेदेखि नै इम्बोस्ड अनिवार्य नहुने
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा माफीसमेत मागेको छ । जेठ २४ गते विभागले ५ पाना लामो विज्ञप्ति निकाल्दै आफूहरुको आशय साउन १ गतेबाट सब...
-
भदौ मसान्तसम्म सडक खन्न नपाइने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको छ। बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो। सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्खायाममा व...
-
चिनाखेत खानेपानी योजना अलपत्र
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ चिनाखेतका मनबहादुर पुनको घरमा एक वर्षअघि नै मिटर र धारा जडान भएको थियो । “पाइप ल्याएर मिटर र धारा जोडेपनि पानी आएको छैन”, उहाँले भन्नुभयो “इन्टेक, टङ्की, मुख्य र वितरण पाइपलाइन निर्माणले पूर्णता नपाउँदा खानेपानी योजना अलपत्र बनेको छ ।” मनबहादुर मात्र नभएर मिटर र धारा जोडेका चिन...
-
बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना गरिने
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गर्ने भएको छ । नगरकार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने गरि डेस्क र कोष स्थापना गर्ने निर्णय गरेको हो । नगर कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रमेशकुमार श्रेष्ठले नगरपालिकाभ...
-
चौतारो जोगाउन प्रदेशको ऐन, क्षति पुर्याए कारबाही
म्याग्दी । करिब डेढ दशक अघिसम्म लेकबेसी, गाउँशहर गर्ने बटुवाको थकाइ मेटाउने थलो हुन्थ्यो, वरपिपलको चौतारो। यति मात्र नभई भरियाले भारी बिसाउने, दौतरीसँग भलाकुसारी गर्ने, युवायुवतीले प्रेम गर्ने र फुर्सदको समयमा बाघचालजस्ता खेल खेल्ने ठाउँ थियो चौतारो। धार्मिक रूपमा पनि चौतारोको ठूलो महत्त्व थियो। बढ्दो आधुनिकताका कार...
-
गण्डकी प्रदेश : मिर्गौला प्रत्यारोपण पोखरामै गराउने घोषणा
पोखरा । गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने जनाएको हो । यस्तै, प्रदेशभित्रका मिर्गौला रोगीलाई नियमित...