• रौतहटका पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । रौतहटमा पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्। माधवनारायण नगरपालिका-२ खैस्रैया चोकको हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्री राम साहको हत्या गर्ने प्रतिवादीहरू कारागार चलान भएका हुन्। पुजारी साहको हत्या गर्ने गोनाही नगरपालिका-१ करूनियाका ३६ वर्षीय राम नरेश पटेल र २८ वर्षीय...

  • पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

    सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर...

  • आत्महत्या दुरुत्साहनमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा

    नुवाकोट । बोक्सीको आरोपमा आत्महत्या गर्न बाध्य पारिएको भन्दै पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा पठाइएको छ । एक जना भने फरार छन् । तादी गाउँपालिका १ का लक्षु तामाङ र आइतमान तामाङलाई आत्महत्या दुरुत्साहनमा पक्राउ गरी पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । सोही ठाउँका सोम्बर तामाङ भने फरार छन् । उनीह...

  • २३ वर्षपछि सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त पक्राउ

    काठमाडौं । सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले ध्रुव भनिने मानकाजी श्रेष्ठलाई पक्राउ गरेको हो। व्युरोले मंगलबार साँझ उनलाई ललितपुर महानगरपालिका ५ थसीखेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। श्रेष्ठले २०५४ साल कात्...

  • धनगढीमा प्रहरी हत्याकाण्ड प्रकरणमा संलग्न थप एक जना पक्राउ

    धनगढी । प्रहरी हत्याकाण्डमा जोडिएपछि कैलालीका एक जना व्यापारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्ता पक्राउ परेका हुन्। प्रहरीले जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको त्यसरात ...

  • अवैध सामान र १३ बोरा पटकासहित दुई जना पक्राउ

    झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको रु सात लाख २१ हजार ७०० बराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी...

  • लागुऔषधसहित दुई युवक पक्राउ

    काठमाडौं । प्रहरीले दुई जनालाई लोकन्थलीबाट लागुऔषधसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले मंगलबार राति पौने ६ बजे दुई जनालाई पक्राउ गरेको हो। प्रहरीले धादिङ मुलाबारी घर भई काठमाडौं-३२ तीनकुने बस्दै आएका २५ वर्षीय निराजन थापा र ललितपुर महानगरपालिका-९ बस्ने २६ वर्षीय रविन खड्गीलाई पक्राउ गरे...

  • नगदसहित ६ जना जुवाडे पक्राउ

    जनकपुरधाम । सर्लाहीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेका ६ जनालाई झण्डै ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा ...

  • लागुऔषधसहित पाँच जना पक्राउ

    इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसि...

  • नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८...