काठमाडौं । गत वर्ष कोरोना महामारीका कारण वितरण हुन नसकेको विभूषण आगामी चैत २७ गते वितरण गरिने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको विभूषण समितिको बैठकले गत वर्ष ४५० जनालाई वितरण हुन नसकेको विभूषण सो वितरण गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस...
समाचार
-
-
पाल्पामा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु
पाल्पा । गएराति पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको तानसेन नगरपालिका–७ काजिपौवास्थित कच्ची सडकमा लु २ च ६३२ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिपमा सवार बगनासकाली गाउँपालिका ४ निबासी २० वर्षीय बिजय खाम्चा र रिब्दिकोट गाउँपालिका ४ का २७ वर्षीय राज थापाको ज्यान गएको प्रहरीले जन...
-
अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १३ सवारी नियन्त्रणमा
तनहुँ । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो । म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्...
-
दैलेखमा माइतीमा छोरी रोकेको निहुँमा ज्वाँईद्वारा सासु–ससुरामाथि खुकुरी प्रहार
सुर्खेत । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरे...
-
नेपाल पत्रकार महासंघ म्याग्दीमा ८ पदमा निर्विरोध
बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौ जिल्ला अधिवेशनमा विभिन्न पदमा ८ जना निर्विरोध भएका छन् । आइतवार भएको मनोनयन दर्तामा सोमबार दावि विरोध र उम्मेदवारी फिर्ताको अवधिमा जिल्ला समितिमा दुई पद सहित ८ जना निर्विरोध चयन भएका हुन् । महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आईतवार मनोनयन दर्ता गरेका थिए । अध्...
-
जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले नेपालमा दोस्रो लहरको कोरोना संक्रमण आएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री त्रिपाठीले पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै त्यसपछि पुनः बढ्दै संक्रमण क...
-
मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्ताव तथा माओवादी केन्द्रका संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले प्रस्ताव फिर्ता लिएका हुन्। प्रदेशसभा बैठकमा बोल्दै प्रस्तावक इन्द्रबहादुर आङ्वोले भिन्न राजनिति...
-
काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण
काठमाडौँ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला...
-
नेपालमा थप २६६ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्...
-
लुम्बिनीमाथि प्रदेश १ को सहज जित
काठमाडौं । प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशमाथि सानदार जित हात पारेको छ । काठमाडौंमा जारी ललितपुर मेयर्स महिला च्याम्पियनसीप अन्तर्गत आजको खेलमा प्रदेश नम्बर १ ले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश एकले १३.२ ओभरमा बिना विकेटको क्षतिमा भेट्टाएको थियो । प्रदेश एकको जित...