• काठमाडौँ उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

    काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनुभयो । उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्...

  • मेक्सिकोमा रेल दुर्घटना हुदाँ कम्तीमा २० जनाको मृत्यु , ७० घाइते

    एजेन्सी । मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ । उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई...

  • बंगलादेशबाट आइपुग्यो ७ हजार डोज ‘रेम्डेसिभिर’

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि आज (मंगलबार) नेपाल आइपुगेको जानकारी दिए । पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको...

  • उच्च ज्वरोले सर्लाहीको मिर्जापुरमा ४ को मृत्यु

    सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका चार जनाको मृत्यु भएको छ । भारतसँगको सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा शनिबार र आइतबार गरी दुई दिनमा उच्च ज्वरो लागेर चार जनाको ज्यान गएको हो । मिर्जापुरका ८० वर्ष भन्दामाथिका दुई वृद्ध र ४०/४५ वर्षका दुई ...

  • वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने

    काठमाडौं । यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परी...

  • झ्याल–ढोका बन्द गरेर सुत्केरी बहिनी सेक्न बसेकी दिदीको निसास्सिएर मृत्यु

    भक्तपुर । भक्तपुरमा सुत्केरी बहिनीलाई सेक्न बसेको दिदीको मृत्यु भएको छ । झ्याल–ढोका बन्द गरेर सुत्केरी बहिनी सेक्न बसेको उनको निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका–३ की २२ वर्षीय सुनिता तामाङ छिन् । उनी भक्तपुर सूर्यविनायक–१० मिलन चोकमा आमासँग ...

  • कोरोना संक्रमणबाट न्याय परिषद सदस्य निरालाको निधन

    काठमाडौं । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । उहाँको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना हुनुभएको उहाँमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला...

  • सेती प्रादेशिक अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

    कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् । महिलाको आज बिहान साढे २  बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अ...

  • म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    बेनी ।म्याग्दीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुँहुँका ७६ बर्षिय पुरुषको मंगलबार कास्की स्थित चरक मेमोरियल अस्पतालमा उपचारकाको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यमा समस्...

  • सरकारले अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलायो

    काठमाडौं । सरकारले दुई वर्षे कार्यकाल रहँदै अष्ट्रेलियका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त भएका दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्यसमेत रहेका दाहाललाई माओवादीमा प...