म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बेनी ।म्याग्दीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुँहुँका ७६ बर्षिय पुरुषको मंगलबार कास्की स्थित चरक मेमोरियल अस्पतालमा उपचारकाको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुष उपचारका लागि पोखरा गएका थिए ।

मृतक पुरुषमा यही बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । मंगला गाउँपालिमा पाँच वटा मात्र वडा छन। स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा मंगला गाउँपालिका वडा नम्बर ६ लेखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार