• युरोकप फुटबल हेरेर होटलमा झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ, जरिवाना तिरेर रिहा

    काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ । जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । युनाइटेड बिजनेस...

  • स्थानीयले नदीमै पुगेर धर्ना बसेपछि राप्ती नदीमा एक्जाभेटरले उत्खनन् गर्न रोक

    बुटवल । राप्ती नदीमा एक्जाभेटरलगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले रोक लगाएको छ । सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो। ‘राष्ट्रपति चुरे मधेश संरक्षण विकास स...

  • पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

    काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उहाँको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उहाँको स्वास्थ्यमा के समस...

  • थप २४०७ जनामा कोरोना संक्रमण , ४६ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जनागरी २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। हाल देशभर ६८ हजार ९ सय ५५ जना...

  • मकवानपुरमा थप एक हप्ता निषेधाज्ञा

    मकवानपुर । मकवानपुरमा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्र मकवानपुरले गत बैश...

  • उपत्यकामा निषेधाज्ञा एक साता थपियो

    काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी क...

  • उदयपुरमा रुख काट्ने क्रममा हाँगाले किचेर एकजनाको मृत्यु

    उदयपुर । उदयपुरको एक सामुदायिक वन समूहको रुखको हाँगोले किच्दा कामदारको मृत्यु भएको छ। बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका ७ पानीधारेस्थित जंगलमा रुख काट्ने क्रममा हाँगोले किच्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका २२ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ। आईतबार मध्यान्ह १२ बजेको ...

  • कटुवा पेस्तोलसहित एक पक्राउ

    जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स...

  • पछिल्लो २ महिनायता विपदका घटनामा परेर देशभर ४९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २ महिनायता देशभर भएका विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको छ । २ महिनायता भएका ६७५ वटा विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको हो । तीमध्ये सबैभन्दा बढी चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ भने आगलागीमा परेर ९ जनाको मृत्यु भएको छ । चट्याङ र आगलागीपछि जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने व...

  • चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

    वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ  । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्...