बुटवल । बुटवलको अमरपथमा रहेको व्यापारिक भवन सिहं कप्लेक्समा आगलागी भएको छ। गएराती भएको आगलागीबाट कम्पलेक्सको चौंथो र तेश्रो तलामा पूर्ण क्षति पुगेको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरीएपनि एकीन कारण पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। गएराती साढे १ बजे आगलागी सुरु भएको थियो। बुटवल उपमहानगरको दमकलले डेढ घण्टा...
सुरक्षा
-
-
बैतडीमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु
धनगढी । जिल्ला अस्पताल बैतडीका एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। डडेल्धुरा अस्पतालमा उपचारका क्रममा दशरथचन्द नगरपालिका-४ घर भएका का ४५ वर्षीय पुरूषको बिहीबार दिउँसो मृत्यु भएको हो। बैतडी जिल्ला अस्पतालमा उनी मेडिकल रेकर्डरका रूपमा कार्यरत थिए। उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५ दिनअघि बैत...
-
अपहरणपश्चात हत्या गरी फरार तीन जना पक्राउ
सिराहा । अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ...
-
खोप लगाएका पाँच सय प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) विरुद्धको पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।५१४ जना होम आइसोलेसन र संस्थागत आ...
-
पोखरीमा डुबेर एकको मृत्यु
चितवन । माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो । पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शव पानीभि...
-
पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस...
-
माओवादी नेतामाथि गोली हानेको आरोपमा ७ जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुमा माओवादी नेतालाई गोली हानेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका १ बस्ने ३४ वर्षीय दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बु...
-
बुर्किनाफासोमा भएको हिंसामा २७ जनाको मृत्यु
एजेन्सी । बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती...
-
स्पेनद्धारा नेपाललाई १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ । स्पेनले नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री बिहीबार दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरुमा १५ रेस्पिरेटर, १० ओटा अक्सिजन कन्सन्ट्रे...
-
सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर दुई जनाको मृत्यु
विराटनगर । सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सिताराम बस्नेतको स्थानीय उत्तीसे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो गाई वस्तु चराउन गएका केही स्थानीयहरूले बस्नेतलाई भीरमुनि मृत अवस्थामा देखेर प्रहरीलाई ...