तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनस...
सुरक्षा
-
-
बहुविवाहका अभियुक्तलाई कैद सजाय
सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका–१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढ...
-
नीलगाईको आक्रमणबाट एकको मृत्यु
चितवन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाकाअनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले...
-
बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप पक्राउ
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । उनलाई भ्रष्टाचारको आरोपमा जोसेप सोमबार पक्राउ परेको इ–इस्पेन नेटले उल्लेख गरेको छ । जोसेप बारगेटे घोटालमा मुछिएका छन् ।बार्सागेट काण्डमा क्लबका वर्तमान तथा पूर्व खेलाडीले क्लबको आलोचना गरेपछि क्लबको उच्च प...
-
७३ जना कोरोना संक्रमित थपिए , ३ को मृत्यु
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको...
-
सिरहामा युवकको शङ्कास्पद मृत्यु
सिरहा । सिरहा नगरपालिका–१८ इटहरीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीमा निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढु दाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्प...
-
माटोको थुप्रोले पुरिएर एक महिलाको मत्यु
धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ। सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो। सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार...
-
प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रधानसेनपति थापाले सोमबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म २ लाख ७४ हजार १ सय ४३ जना संक्रमित भएका छन् भन...
-
धनुषामा कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु
जनकपुरधाम । धनुषामा गएराति कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ। कुकुरको टोकाइबाट जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ दर्जी टोलका मोहम्मद अख्तरकी १२ वर्षीया छोरी शिवरन खातुनको मृत्यु भएको हो। राति करिब साढे १ बजे शौचका लागि बाहिर निस्केकी शिवरनलाई कुकुरले टोकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी न...
-
दाङमा ६० प्रतिशत जनप्रतिनिधिले लगाउन मानेनन् कोरोनाविरुद्धको खोप
दाङ । सरकारले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरे पनि दाङका जनप्रतिनिधिहरु खोप लगाउन अनिच्छुक देखिएका छन् । कोरोना विरुद्धको खोप लगाउन जिल्लाका जनप्रतिनिधिहरु अनिच्छुक देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार दोस्रो चरणमा जिल्लाका १० वटा स्थानीय तहका...
























