गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा,विहिबार असार ४ गते । हिमाल पारीको जिल्ला मनाङ सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार मनाङ जिल्लाका १ जनासहित, तनहुँका १२ जना, गोरखाका १० पुरुष तथा १ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८ पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कुल २ सय ८९ पुगेको छ।प्रदेशको मनाङमा बिहीबारपहिलोपटक संक्रमित फेला परेका हुन् ।

यो सँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० रहेको छ । संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार