दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई

  म्याग्दी न्यूज संवाददाता

बेनी । दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि पुरष तर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ डोल्पाकी सुनसरी रोकाले हासिल गर्नुभएको छ । ।अन्नपूर्ण हिमालको सफल आरोहण गरेको दिन जुन ३ बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित चार हजार एकसय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर देखि नारच्याङ सम्म ३० किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको

उपाधि विजेता लिम्बुले २ घण्टा ४ मिनेट र रोकाले २ घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेको ७६ औं अन्नपूर्ण दिवस मुल समारोह समितिका व्यवस्थापक टकबहादुर पुनले जानकारी दिनुभयो ।उहाँका अनुसार ,पुरुष तर्फ मनकुमार रोका काठमाण्डौंले २ घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गर्नुभएको छ ।यसैगरी महिला तर्फ पुस्पा शेरमा पाचथरले २ दुई घण्टा ५२ मिनेट ७ सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई खोटाङले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो हुनुभएको दिवस मुल समारोह समितिका व्यवस्थापक पुनले जानकारी दिनुभयो ।

यसैगरी प्रतियोगितामा पुरुष तर्फ लोकन्द्र राई सोलुखुम्बु,होमलाल श्रेष्ठ रामेछाप,सनम गुरुङ तनहुँ र महिला तर्फ सन्देभा बुढा जुम्ला,आशमा विक रोल्पा,भिमु बुढा जुम्लाले सन्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद एकलाख २५हजार,दोस्रोलाई ७५ हजार,तेस्रोलाई ४३ हजार ७ सय ५० रुपियाँ नगद सहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १२ हजार पाँचसयका दरले नगद पुरस्कार सहित सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्इक्ष दिवा पुन तिलिजा,प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र वडाध्यक्ष लोकबहादुर फगामीले नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार