आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब रूपैयाँ विनियोजन प्रस्ताव गरिएको छ, जुन कूल बजेटको ६९.८ प्रतिशत हो ।

त्यसैगरी, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रूपैयाँ अर्थात् २०.३ प्रतिशत बजेट विनियोजन प्रस्ताव गरिएको छ ।वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रूपैयाँको अनुमान पेस गरिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, वैदेशिक अनुदानबाट ६१ अर्ब ६४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब उठाउने लक्ष्य लिएको छ ।

https://drive.google.com/file/d/1AbqI9rpS4_DXkFROjZW42oVmcXNkEQf9/view

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार