छिमेक लघुबित्त म्याग्दी शाखाको दोस्रो वार्षिक इकाई भेला
बिहिवार, माघ ३ गते
। म्याग्दी न्युज संवाददाता
बेनी, बिहिबार माघ ३ गते । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड म्याग्दी शाखाको दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न भएको छ । दुई बषर््ा अघि म्याग्दीको गलेश्वरमा शाखा स्थापना गरेको संस्थाले बिहिबार दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न गरेको हो ।
भेलाको प्रमुख अतिथि बित्तका क्षेत्रिय प्रवन्धक निरन्जन महतोले उद्घाटन गर्नुभएको हो । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि महतोले कार्यक्षेत्र भित्र रहेका गरिव विपन्न समुदायका महिलाहरुलाई सामुहिक जमानिका अधारमा विनाधितो कर्जा सहयोग गर्ने बताउनुभयो । उहाँले बिनाधितो कर्जा मार्फत ग्रामिण भेगका गरिव तथा विपन्न परिवारलाई आत्मनिर्भर बनाउनमा सहयोग गर्दै आइरहेको बताउनुभयो । आर्थिक मुनाफा मात्र नभई आयमुलक क्षेत्रमा लगानी गरि ग्रामिण भेगका गरिव, विपन्न परिवारलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन लघुवित्त लागिपरेको प्रवन्धक महतोले दावी गर्नुभयो ।
म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका गरि १ हजार शेयर सदस्य संख्या रहेको म्याग्दी शाखाले जनाएको छ । दुई वर्ष अगाडि स्थापना भएको लघुवित्तले म्याग्दीमा आर्थिक बर्ष पौष मसान्त सम्म २ करोड २१ लाख ५४ हजार सात सय १० रुपैयाँ कर्जा लगानी गरेको म्याग्दी शाखाका लेखापाल दिपेश मैनालिले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्षमा ७४ लाख ९६ हजार ६ सय ५६ रुपैयाँ बचत संकलन भएको छ ।
शाखाले वार्षिक भेलाको अवसरमा उत्कृष्ट दश वटा ईकाइ समुहलाई नगद रु २४ हजार छात्रवृति र १४ हजार रुपैयाँले पुरस्कृत गरेको म्याग्दी शाखाका प्रवन्धक सुरेश बाेटले जानकारी दिनुभयो । बाेटका अनुसार म्याग्दी शाखाले आयमुलक तालिम दिनुका साथै सुत्केरी भत्ता ,सुरक्षणकोष तथा आगलागि पिडितलाई राहत सहयोग वितरण गरिएको जनाएको ।
साथै लघुवित्तले प्रमुख अतिथि महतोको प्रमुख आतिथ्यता र म्याग्दी शाखा प्रवन्धक बोटको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रिय कार्यालयबाट अनुगमन टोलिका प्रेमकुमार नाइजु , दिपक पाण्डे र सुनिता तिमिल्सिनाको उपस्थिति रहेको थियो ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…