छिमेक लघुबित्त म्याग्दी शाखाको दोस्रो वार्षिक इकाई भेला

बेनी, बिहिबार माघ ३ गते । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड म्याग्दी शाखाको दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न भएको छ । दुई बषर््ा अघि म्याग्दीको गलेश्वरमा शाखा स्थापना गरेको संस्थाले बिहिबार दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न गरेको हो ।

भेलाको प्रमुख अतिथि बित्तका क्षेत्रिय प्रवन्धक निरन्जन महतोले उद्घाटन गर्नुभएको हो । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि महतोले कार्यक्षेत्र भित्र रहेका गरिव विपन्न समुदायका महिलाहरुलाई सामुहिक जमानिका अधारमा विनाधितो कर्जा सहयोग गर्ने बताउनुभयो । उहाँले बिनाधितो कर्जा मार्फत ग्रामिण भेगका गरिव तथा विपन्न परिवारलाई आत्मनिर्भर बनाउनमा सहयोग गर्दै आइरहेको बताउनुभयो । आर्थिक मुनाफा मात्र नभई आयमुलक क्षेत्रमा लगानी गरि ग्रामिण भेगका गरिव, विपन्न परिवारलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन लघुवित्त लागिपरेको प्रवन्धक महतोले दावी गर्नुभयो ।


म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका गरि १ हजार शेयर सदस्य संख्या रहेको म्याग्दी शाखाले जनाएको छ ।
दुई वर्ष अगाडि स्थापना भएको लघुवित्तले म्याग्दीमा आर्थिक बर्ष पौष मसान्त सम्म २ करोड २१ लाख ५४ हजार सात सय १० रुपैयाँ कर्जा लगानी गरेको म्याग्दी शाखाका लेखापाल दिपेश मैनालिले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्षमा ७४ लाख ९६ हजार ६ सय ५६ रुपैयाँ
बचत संकलन भएको छ ।

शाखाले वार्षिक भेलाको अवसरमा उत्कृष्ट दश वटा ईकाइ समुहलाई नगद रु २४ हजार छात्रवृति र १४ हजार रुपैयाँले पुरस्कृत गरेको म्याग्दी शाखाका प्रवन्धक सुरेश
बाेटले जानकारी दिनुभयो । बाेटका अनुसार म्याग्दी शाखाले आयमुलक तालिम दिनुका साथै सुत्केरी भत्ता ,सुरक्षणकोष तथा आगलागि पिडितलाई राहत सहयोग वितरण गरिएको जनाएको ।

साथै लघुवित्तले प्रमुख अतिथि महतोको प्रमुख आतिथ्यता र म्याग्दी शाखा प्रवन्धक बोटको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रिय कार्यालयबाट अनुगमन टोलिका प्रेमकुमार नाइजु , दिपक पाण्डे र सुनिता तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार