बेनी मंगलबार माघ ८ गते । म्याग्दीको बेनी नगरपालिका वडा–७ बेनीमा रहेको बेनी आवासिय माविको युवा रेडक्रस सर्कलको आयोजनामा मंगलबार देखी आधारभुत तहको अन्तर विद्यालय स्तरिय बेनी बोर्डीङ कप सुरु भएको छ ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै किताबी ज्ञानले मात्र नभई अतिरिक्त कार्यक्रमले विद्यार्थीलाई शिक्षा क्षेत्रमा अगाडी बढ््न थप हौसला प्रदान गर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीको शैक्षिक विकास गर्न खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्र्ने बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले विद्यालयमा हुने प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने बताउनुभयो ।
कार्यक्रममा प्रिन्सिपल मनोहरराज गोर्खालीले विद्यार्थीहरुलाई किताव ज्ञान मात्र नभई उनिहरुमा लुकेर रहेको प्रतिभा प्रदर्शन गर्न र खेल क्षेत्रको विकास गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
आधारभुत तहको १ देखी ८ कक्षा सम्मका विद्यालय सहभागि रहने कार्यक्रम माघ १२ गते सम्म संचालन हुने शिक्षक नायक विनोद घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार ४ दिन सम्म संचालन हुने कार्यक्रममा १४ विद्यालयले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रथम हुने विद्यालयले १८ हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुने विद्यालयले १० हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र पाउने लेखापाल विशाल खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल रक्षक,मिडफिल्डर, डिफेन्डर, स्ट्राइगर, राइजिङ प्लेयर, टिम कोच, टिम व्यवस्थापन, सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । ९ ए साइडको आधारमा प्रतियोगिता संचालन हुने प्रमुख रेफ्रि पुरन छन्त्यालले जानकारी दिनुभयो । उहाँका हनुसार ९ गतेदेखी औपचारिक रुपमा उद्घाटन हुने पहिलो खेलमा गलेश्वर आदर्श बोर्डीङ र न्यु वेष्ट प्वाईन्ट आवासिय मावि बिच हुनेछ ।
प्रमुख अतिथि प्रजिअ अधिकारीको प्रमुख आत्रिथ्यता युवा रेडक्रस सर्कलकी सभापति दीपीका बरुवाललको अध्यक्षता लेखापाल विशाल खत्रीको स्वागत मन्तव्य र शिक्षक प्रकाश आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक समितिका अध्यक्ष हरिप्रसाद पौडेल, स्रोत व्यक्ति मोहन बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले…
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…
कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…