बेनी बोर्डीङ कप २०७५ सुरु

बेनी मंगलबार माघ ८ गते ।
म्याग्दीको बेनी नगरपालिका वडा–७ बेनीमा रहेको बेनी आवासिय माविको युवा रेडक्रस सर्कलको आयोजनामा मंगलबार देखी आधारभुत तहको अन्तर विद्यालय स्तरिय बेनी बोर्डीङ कप सुरु भएको छ ।


प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै किताबी ज्ञानले मात्र नभई अतिरिक्त कार्यक्रमले विद्यार्थीलाई शिक्षा क्षेत्रमा अगाडी बढ््न थप हौसला प्रदान गर्ने बताउनुभयो ।


उहाँले विद्यार्थीको शैक्षिक विकास गर्न खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्र्ने बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले विद्यालयमा हुने प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने बताउनुभयो ।


कार्यक्रममा प्रिन्सिपल मनोहरराज गोर्खालीले विद्यार्थीहरुलाई किताव ज्ञान मात्र नभई उनिहरुमा लुकेर रहेको प्रतिभा प्रदर्शन गर्न र खेल क्षेत्रको विकास गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


आधारभुत तहको १ देखी ८ कक्षा सम्मका विद्यालय सहभागि रहने कार्यक्रम माघ १२ गते सम्म संचालन हुने शिक्षक नायक विनोद घर्तिले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४ दिन सम्म संचालन हुने कार्यक्रममा १४ विद्यालयले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रथम हुने विद्यालयले १८ हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुने विद्यालयले १० हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र पाउने लेखापाल विशाल खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल रक्षक,मिडफिल्डर, डिफेन्डर, स्ट्राइगर, राइजिङ प्लेयर, टिम कोच, टिम व्यवस्थापन, सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । ९ ए साइडको आधारमा प्रतियोगिता संचालन हुने प्रमुख रेफ्रि पुरन छन्त्यालले जानकारी दिनुभयो । उहाँका हनुसार ९ गतेदेखी औपचारिक रुपमा उद्घाटन हुने पहिलो खेलमा गलेश्वर आदर्श बोर्डीङ र न्यु वेष्ट प्वाईन्ट आवासिय मावि बिच हुनेछ ।


प्रमुख अतिथि प्रजिअ अधिकारीको प्रमुख आत्रिथ्यता युवा रेडक्रस सर्कलकी सभापति दीपीका बरुवाललको अध्यक्षता लेखापाल विशाल खत्रीको स्वागत मन्तव्य र शिक्षक प्रकाश आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक समितिका अध्यक्ष हरिप्रसाद पौडेल, स्रोत व्यक्ति मोहन बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार