बेनी आईतबार माघ १३ गते । अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागी भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा शिक्षकले योग्यता अनुसार काम गर्ने वातावरण नभएको बताउँदै गुणस्तरीय शिक्षाका राहत,करार र बालशिक्षाका शिक्षकहरुले राख्दै आएको माग पुरा हुनुपर्नेमा जोड दिएका थिए ।
नेपाल शिक्षक संघ बेनी नगर समितिको प्रथम प्रतिनिधिसभाको उद्घाटन गदैं नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले शिक्षाको क्षेत्रमा रहेका समस्या समाधान गर्न निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरे । ‘प्रयाप्त दरबन्दी नहुदाँ विद्यालयमा परेको समस्यालाई नजिकबाट हेरेको छु,‘समुदायले शिक्षकको तलब खुवाउन धेरै मेहनत गर्नुपरेको छ‘ गर्बुजाले भने ।
उनले राजनीतिक प्रतिशोध साध्न शिक्षक संघमा आवद्ध भएकालाई अनावश्यक दवाव दिन सक्ने आशंका ब्यक्त गदैं शिक्षकको समस्यालाई पार्टीले नजिकबाट हेरिरहेकाले आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा नेका म्याग्दीका पूर्व सह–अध्यक्ष नेत्र बहादुर महत, सचिव क्याप्टेन मिन बहादुर कार्की, प्रबक्ता अजयमिलन श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुबेदी, टे«ड यूनियनका अध्यक्ष कमलप्रसाद ढुंगाना, शिक्षक संघ गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष केशब प्रसाद रेग्मीले मन्तब्य राखेका थिए । सोही अवसरमा अर्थ सचिव सुनिल बानियाँले आर्थिक, सचिव भरत थापाले प्रगति तथा भावी योजना प्रस्तुत गरेका थिए ।
मोहन सुबेदीको स्वागत, सचिव भरत थापाको सञ्चालन र नगर समितिका अध्यक्ष काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरसभाले सदस्यता विस्तार, विद्यालयस्तरीय कार्यक्रम सहित विभिन्न रचनात्मक कार्यहरु गर्ने अध्यक्ष रेग्मीले बताए ।
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…
मकवानपुर । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना…