शिक्षक संघ बेनी नगर कार्य समितिको भेला

बेनी आईतबार माघ १३ गते ।
अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागी भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा शिक्षकले योग्यता अनुसार काम गर्ने वातावरण नभएको बताउँदै गुणस्तरीय शिक्षाका राहत,करार र बालशिक्षाका शिक्षकहरुले राख्दै आएको माग पुरा हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल शिक्षक संघ बेनी नगर समितिको प्रथम प्रतिनिधिसभाको उद्घाटन गदैं नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले शिक्षाको क्षेत्रमा रहेका समस्या समाधान गर्न निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरे । ‘प्रयाप्त दरबन्दी नहुदाँ विद्यालयमा परेको समस्यालाई नजिकबाट हेरेको छु,‘समुदायले शिक्षकको तलब खुवाउन धेरै मेहनत गर्नुपरेको छ‘ गर्बुजाले भने ।

उनले राजनीतिक प्रतिशोध साध्न शिक्षक संघमा आवद्ध भएकालाई अनावश्यक दवाव दिन सक्ने आशंका ब्यक्त गदैं शिक्षकको समस्यालाई पार्टीले नजिकबाट हेरिरहेकाले आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा नेका म्याग्दीका पूर्व सह–अध्यक्ष नेत्र बहादुर महत, सचिव क्याप्टेन मिन बहादुर कार्की, प्रबक्ता अजयमिलन श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुबेदी, टे«ड यूनियनका अध्यक्ष कमलप्रसाद ढुंगाना, शिक्षक संघ गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष केशब प्रसाद रेग्मीले मन्तब्य राखेका थिए । सोही अवसरमा अर्थ सचिव सुनिल बानियाँले आर्थिक, सचिव भरत थापाले प्रगति तथा भावी योजना प्रस्तुत गरेका थिए ।

मोहन सुबेदीको स्वागत, सचिव भरत थापाको सञ्चालन र नगर समितिका अध्यक्ष काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरसभाले सदस्यता विस्तार, विद्यालयस्तरीय कार्यक्रम सहित विभिन्न रचनात्मक कार्यहरु गर्ने अध्यक्ष रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार