निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन १९ गते

बेनी शनिबार माघ ५ गते । शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो ।

साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले असन्तुष्ट पक्षधरहरुलाई पनि मिलाएर लैजानु पर्ने मत राखेपछि अधिवेशनको निर्वाचनको कार्यक्रम मात्र माघ १९ गतेलाई सारिएको सहभागि एक व्यवसायीले बताउनुभयो ।

उद्घाटन सत्र सकिएको छ निर्वाचनका लागि आवश्यक तयारी नपुगेकाले माघ १९ गते मतदानको कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष नारायण जिसीले बताउनुभयो । बहुमत सदस्यहरुको उपस्थिति भएपनि निर्वाचनका लागि तयारी नपुगेकाले स्थगित गर्नुपरेको उहाँको भनाई छ ।

संघको विधानले पूर्णता नपाएको र अन्य कुराहरु पनि मिलाउनु पर्ने भएकाले माघ १९ गते सम्म अधिवेशनको अन्य कार्यक्रम स्थगित गरिएको संघका सल्लाहकार सन्तोष रावलले बताउनुभयो । यता असन्तुष्ट पक्षहरुले भने अधिवेशनमा बहुमत नपुगेकाले अधिवेशन स्थगित भएको बताएका छन् । अधिवेशनमा असन्तुष्ट पक्षहरुले सहभागिता जनाएका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार