साधन राम्जाली मगर बेनी बुधबार फागुन १ गते । म्याग्दीको पश्चिम दुर्गम भेगमा रहेको गुर्जामा विद्यार्थीहरुलाई ओखरको बेर्ना बितरण गरिएको छ ।गाउँपालिकाको ‘एक विद्यार्थि एक ओखर’ निति तथा कार्यक्रमअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुलाई २ सय ५१ वटा दाँते ओखर जातको बेर्ना वितरण गरिएको वडाध्याक्ष एवम् गाउँपालिका प्रवक्ता झक छन्त्यालले जानकारी दिनुभयो ।
गाउँपालिको २५ हजार रुपैयाँ बढीको आर्थिक सहयोगमा खरिद गरिएको बेर्ना विद्यार्थिहरुलाई निशुल्क वितरण गरिएको छ ।सम्बन्धीत विद्यार्थिहरुको अभिभावकको आर्थिक आय आर्जनमा बृद्धि गर्ने उदेश्य सहित ओखरको बर्ना बितरण गरिएको अध्यक्ष एवम् प्रवक्ता छन्त्यालले बताउनुभयो ।
सम्बन्धीत विधार्थीको अभिभावकको आय आर्जनमा सघाउ पु¥याउने उदेश्यले ओखरको बेर्ना बितरण गरिएको जानारि दिँदै उहाँले भन्नुभयो विद्यार्थीहरुले पाएको बेर्ना नबचाएमा पाँच सय रुपैयाँ दण्डबापत जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…
काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले…