गुर्जामा विद्यार्थीहरुलाई दाँते ओखरको बेर्ना वितरण

साधन राम्जाली मगर
बेनी बुधबार फागुन १ गते । म्याग्दीको पश्चिम दुर्गम भेगमा रहेको गुर्जामा विद्यार्थीहरुलाई ओखरको बेर्ना बितरण गरिएको छ ।गाउँपालिकाको ‘एक विद्यार्थि एक ओखर’ निति तथा कार्यक्रमअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुलाई २ सय ५१ वटा दाँते ओखर जातको बेर्ना वितरण गरिएको वडाध्याक्ष एवम् गाउँपालिका प्रवक्ता झक छन्त्यालले जानकारी दिनुभयो ।


गाउँपालिको २५ हजार रुपैयाँ बढीको आर्थिक सहयोगमा खरिद गरिएको बेर्ना विद्यार्थिहरुलाई निशुल्क वितरण गरिएको छ ।सम्बन्धीत विद्यार्थिहरुको अभिभावकको आर्थिक आय आर्जनमा बृद्धि गर्ने उदेश्य सहित ओखरको बर्ना बितरण गरिएको अध्यक्ष एवम् प्रवक्ता छन्त्यालले बताउनुभयो ।

सम्बन्धीत विधार्थीको अभिभावकको आय आर्जनमा सघाउ पु¥याउने उदेश्यले ओखरको बेर्ना बितरण गरिएको जानारि दिँदै उहाँले भन्नुभयो विद्यार्थीहरुले पाएको बेर्ना नबचाएमा पाँच सय रुपैयाँ दण्डबापत जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार