बेनी ,मंगलबार माघ २२ गते । म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाको बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्युनीकरण हुने आशा व्यक्त गर्नुभयो । दरवाङ बजारमा हुने विभिन्न अपराधिक घटनाहरु नियन्त्रण बजार एरियामा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि सिसिटिभी क्यामेरा जडान गरिएको वडा अध्यक्ष सन्तनाथ जैसी (सन्तोष सुवेदी)ले जानकारी दिनुभयो ।
२ लाख रुपैयाँ लागतमा जडान गरएको क्यामेरा दरवाङ बजारमा आवतजावत हुने मुख्य मुख्य चोकमा गरि पाँच वटा जडान गरिएको छ ।
इकाई शाखा कार्यालयद्धारा जडान गरिएको सिसिटिभी क्यामेरा मार्फत ईलाका प्रहरी कार्यालयबाट निगरानी गरिएको ईप्रका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । सिसिटिभी क्यामेरा जडान संगै बजार क्षेत्रमा हुने चोरी ,विकृती तथा विभिन्न खालका अपराधिक घटना नियन्त्रणमा सहज भएको प्रही निरिक्षक पाण्डेले बताउनुभयो ।
काठमाडौं । मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा बिक्री हुन थालेको छ । योसँगै नेपालबाट दैनिक साढे ७ करोडसम्मको बिजुली भारत निर्यात हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २००…
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । गठबन्धनबाट मेयरको उम्मेदवार बन्नुभएका नेकपा एकीकृत…
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…