दरवाङ बजारमा सिसिटिभी जडान

बेनी ,मंगलबार माघ २२ गते । म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।


गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाको बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्युनीकरण हुने आशा व्यक्त गर्नुभयो ।
दरवाङ बजारमा हुने विभिन्न अपराधिक घटनाहरु नियन्त्रण बजार एरियामा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि सिसिटिभी क्यामेरा जडान गरिएको वडा अध्यक्ष सन्तनाथ जैसी (सन्तोष सुवेदी)ले जानकारी दिनुभयो ।


२ लाख रुपैयाँ लागतमा जडान गरएको क्यामेरा दरवाङ बजारमा आवतजावत हुने मुख्य मुख्य चोकमा गरि पाँच वटा जडान गरिएको छ ।


इकाई शाखा कार्यालयद्धारा जडान गरिएको सिसिटिभी क्यामेरा मार्फत ईलाका प्रहरी कार्यालयबाट निगरानी गरिएको ईप्रका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । सिसिटिभी क्यामेरा जडान संगै बजार क्षेत्रमा हुने चोरी ,विकृती तथा विभिन्न खालका अपराधिक घटना नियन्त्रणमा सहज भएको प्रही निरिक्षक पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार