म्याग्दी, आईतबार फागुन १२ गते । म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा अवस्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापना गरिएको पौलस्त्य मावि अक्षयकोषको शनिबार प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै पूर्व सभासद गोविन्द पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउनका लागि सबै समुदाय लाग्नुपर्ने बताएका छन् । उनले शैक्षिक विकासका लागि विद्यालयमा अक्षयकोष स्थापना गरिनु सराह्रनीय काम भएको भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बेनपा–५ का वडा अध्यक्ष लक्ष्मण बानियाँले शैक्षिक वातावरण निर्माणमा सरोकारवालाले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार मिनबहादुर बानियाँ, स्रोतव्यक्तिद्वय डेकबहादुर बानियाँ, मोहन बानियाँ, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बानियाँ, रेडक्रस पुलाचौर उपशाखाका कार्यवाहक सभापति शिव बानियाँ, समाजसेवी देवेन्द्र बानियाँ र पूर्व विद्यार्थी दिनेश बानियाँले मन्तव्य राखेका थिए ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र अक्षयकोषको व्याजबाट विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन तथा शिक्षामा सहयोग गर्ने उद्देश्यसहित अक्षयकोषको स्थापना गरिएको विद्यालयले जनाएको छ । हालसम्म उक्त अक्षयकोषमा तीनलाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भैसकेको पौलस्त्य मावि अक्षयकोषका सचिव एवं विद्यालयका शिक्षक देवीप्रसाद शर्माले जानकारी दिए । साधारणसभाको अवसरमा ८० हजार रुपैयाँ बढी आर्थिक सङ्कलन भएको छ भने ८ जना नयाँ पूर्ण सदस्यहरु थपिएर अक्षयकोषमा २९ जना पूर्ण सदस्य बनेको उनले बताए ।
साधारणसभाले पुनः गोविन्द बानियाँको अध्यक्षतामा अक्षयकोषको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कोषको उपाध्यक्षमा रेखाकौशल रेग्मी, सचिवमा देवीप्रसाद शर्मा, कोषाध्यक्षमा नवीनप्रकाश बानियाँ र सहसचिवमा बिना बानियाँ रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा दुर्गाबहादुर बानियाँ, गिरेन्द्र बानियाँ, गोर्खबहादुर किसान, सुकमाया परियार, लक्ष्मी बानियाँ र अर्जुन खत्री रहेका छन् ।
साधारणसभामा अक्षयकोषका तदर्थ समिति अध्यक्ष गोविन्द बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कोषका अध्यक्ष बानियाँको अध्यक्षता, सचिव देवीप्रसाद शर्माको सञ्चालन र शिक्षक बिना बानियाँको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…