मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशनमा मगर भाषामा हिज्जे प्रतियोगिता हुने
शनिवार, माघ २६ गते
। म्याग्दी न्युज संवाददाता
बेनी शनिबार माघ २६ गते । मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको छ । लोपोन्मुख अवस्थामा रहेको मगर भाषा उत्थानका लागि म्याग्दीमा स्थापना भएको मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको हो ।
फाइल फाेटाे
आगामी फागुन ९ गते अन्तराष्ट्रिय मात्रृ भाषा दिवसको अवसरमा प्रथम अधिवेशन हुने भएको मञ्चकी सचिव बिष्णु कुमारी रोका मगरले जानकारी दिनुभयो । अधिवेशनको अवसरमा खुल्ला मगर भाषामा विद्यार्थि तथा प्रौढ स्तरिय हिज्जे प्रतियोगिता हुने सचिव रोका मगरले जानकारी दिनुभयो ।
लोपोन्मुख मगर भाषाको उत्थानका लागि स्थापना भएको मञ्चको प्रथम अधिवेशन गर्न लागिएको मञ्चका अध्यक्ष इन्द्र आले मगरले जानकारी दिनुभयो । मगर संघ जिल्ला कार्यसमितिको सभाहलमा कार्यक्रम हुनेछ । कार्यक्रमलाई सफल बनाउन सबैलाई सहभागि हुन आग्रह गर्नुभयो ।
म्याग्दी । नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ ,म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको…
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार…
काठमाडौँ । एक दर्जन अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डीआर उपाध्यायले फेरि १० वटा अवार्ड पाएका छन् ।राजधानीमा आइतबार उनलाई श्रम,…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…
काठमाडौं । विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट…