मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशनमा मगर भाषामा हिज्जे प्रतियोगिता हुने

बेनी शनिबार माघ २६ गते । मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको छ । लोपोन्मुख अवस्थामा रहेको मगर भाषा उत्थानका लागि म्याग्दीमा स्थापना भएको मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको हो ।

फाइल फाेटाे


आगामी फागुन ९ गते अन्तराष्ट्रिय मात्रृ भाषा दिवसको अवसरमा प्रथम अधिवेशन हुने भएको मञ्चकी सचिव बिष्णु कुमारी रोका मगरले जानकारी दिनुभयो । अधिवेशनको अवसरमा खुल्ला मगर भाषामा विद्यार्थि तथा प्रौढ स्तरिय हिज्जे प्रतियोगिता हुने सचिव रोका मगरले जानकारी दिनुभयो ।


लोपोन्मुख मगर भाषाको उत्थानका लागि स्थापना भएको मञ्चको प्रथम अधिवेशन गर्न लागिएको मञ्चका अध्यक्ष इन्द्र आले मगरले जानकारी दिनुभयो । मगर संघ जिल्ला कार्यसमितिको सभाहलमा कार्यक्रम हुनेछ । कार्यक्रमलाई सफल बनाउन सबैलाई सहभागि हुन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार