निर्माण व्यवसायी संघमा जिसी

बेनी,आईतबार माघ २० गते । निर्माण व्यवसायि संघ म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । आईतवार बेनीमा सम्पन्न संघको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका नारायण जिसीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।

अधिवेशनबाट अध्यक्ष जिसी संगै बरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षमा मनोज कुमार घर्ति, तम बहादुर चोचाङ्गी, महासचिबमा अमृत कुमार श्रेष्ठ, सचिबमा निदेश खत्री र कोषाध्यक्षमा प्रकाश बानियाँ चयन हुनुभएको हो । अधिबेशनबाट खुला सदस्य पदमा नारायण कुमार बराल, कुशल घर्ति क्षेत्री, निरज भण्डारी, श्याम सुन्दर कँडेल चयन हुनुभएको छ ।

त्यसैगरि बेनी नगरपालिकाबाट कुशल प्रसाद पौडेल, रघुगंगाबाट पवनकुमार मल्ल, अन्नपूर्णबाट कृष्ण बहादुर बरुवाल, मंगलाबाट महेन्द्र कुमार आचार्य, मालिकाबाट गोपाल पौडेल र धौलागिरीबाट रेशम पुन सदस्यमा निर्वा्चित हुनुभएको छ । कार्यक्रममा बोल्दै नवनिर्वा्चित अध्यक्ष जिसीले आफ्नो तिन बर्षे कार्यकालमा जिल्लामा रहेका सबै निर्माण व्यवसायिहरुसंग सहकार्य गर्ने बताउँदै व्यवसायिलाई टिक्ने र विकास निर्माण योजनाहरुलाई टिकाउ बनाउनतर्फ जोड दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले कार्य समितिबाट बाहिर रहेका व्यवसायिहरुलाई समेत एकताबद्ध गरि अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त ठहरबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा बोल्दै क्षेत्रीय निर्माण व्यवसायी संघका उपाध्यक्ष एकेन्द्र रावल, संघका पूर्व अध्यक्ष नेत्र महतले संघभित्र देखिएको अन्यौलता अधिबेशनले अन्त्य गरेको बताउँदै व्यवसायिहरुबिचमा एकताबद्ध र सहकार्य गरि अघि बढ्न सुझाब दिनुभयो । गत माघ ५ गते उद्घाटन भएको अधिबेशनको शनिवारदेखि मात्रै निर्वाचन प्रकृया सुरु भएको थियो । निर्वा्चित पदाधिकारीको नामावली घोषणा कार्यक्रमको सहजीकरण निर्वाचत समितिका सदस्य सुरज केसीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार