रघुगंगामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

अनिल पौडेल

बेनी शुक्रबार फागुन १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका वडा न ५ झिँमा गाउँपालिका स्तिरिय अन्तर माध्यमिक विद्यालय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ ।रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देविन्द्र केसीले गाउँ गाउँमा लुकेर रहेका खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता सहयोगी बन्ने बताए ।

उनले खेलकुदको विकासका लागि पूर्वाधार निर्माण र तालिमको आवश्यकता रहेको भन्दै त्यसका लागी गाउँपालिकाबाट तालिमहरुको राख्न आवश्यक देखीएको बताए । रघुगंगा गाउँपालिकाले राष्ट्रिय स्तरका खेलाडी उत्पादन समेत गरेको बन्दै गाउँपालिमा दक्ष खेलाडी उत्पादन गर्न सकिने बताए ।

त्यस्तै जिल्ला प्रमुख अधिकारी लीलाधर अधिकारीले स्वस्थ्य, अनुसाशनका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै खेल क्षेत्रलाई मर्या्दित, व्यवसायिक र व्यवस्थित बनाउनुपर्ने बताए । रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले रघुगंगामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ्ग शिल्डले सहयोग बताए । भण्डारीले आफूले जनप्रतिनिधिको हैसियतमा सरकारबाट पाएको रकम जम्मा गरेको भववबहादुर भण्डारी कोषबाट छात्र र छात्रामा उत्कृष्ट हुने एक एक जना खेलाडीलाई पाँच हजार पाँच सय रुपैयाँका दरले र बिजेता विद्यालयलाई दश हजार रुपैयाँ उपलब्ध गराउने समेत कार्यक्रममा जानकारी गराएका थिए ।

कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक, पिप्लेका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता जिवनकुमार मल्ल, नेपाली काँग्रेसका जिल्ला सदस्य केवी भण्डारी, जिल्ला खेलकुद विकास समितिका सदस्य सुदिप मल्लले देश विदेशमा आफ्नो गाउँ ठाउँलाई चिनाउने माध्यम बनेको खेलकुद रहेकाले खेकुदका लागी आवश्यक पुर्वधारहरुनिमार्णमा जोडदिनुपर्ने बताएका थिए।


भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधामा प्रतिस्प्र्धा हुने प्रतियोगितामा ९ वटा माध्यमिक र १ वटा आधारभुत विद्यालयले सहभागिता जनाएका छन् । ८०० मिटर दौडको उद्घाटन खेलको छात्र, छात्रा तर्फ पिप्लेको रघुगंगा मावि बिजयी भएको थियो ।

८०० मिटर दौडको छात्रतर्फ रघुगंगा माविका तोपेन्द्र मल्ल प्रथम, जनता मावि दग्नामका निर्मल गर्बुजा दृतीय र महादेव मावि बेगका सुसन फगामी तृतीय भएका छन् । ८०० मिटर दौडको छात्रातर्फ रघुगंगा माविको कक्षा ७ की १२ वर्षीया करुणा भण्डारी प्रथम, मुक्तिधाम मावि भगवतीकी समुना मल्ल दृतीय र ज्ञानोदय माविकी अनुसाकुमारी कार्की तृतीय भएका छन् ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार, बीस हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

छात्र÷छात्रा भलिबल र एथलेटिक्समा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई ८ हजार, छ हजार र चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । एथलेटिक्सको प्रत्येक बिधामा प्रथम, दृतीय र तृतीय हुनेलाई प्रत्येक खेलाडीलाई नगद पाँच सय, तीन सय र दुई सय रुपैयाँका दरले पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ । आजको उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष भण्डारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागत मन्तब्य र शिक्षा शाखाका संयोजक बालकृष्ण उपाध्यायको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार