व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण र सुकुम्वासीलाई घर दिने अभियान

ध्ुा्रबसागर शर्मा
म्याग्दी, सोमबार फागुन १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी पोखरी निर्माण गर्नुभएको छ ।

बेनी नगरपालिका वडा नं ६ को छापमा एक लाख ५० हजारको लागतमा चौतारी पोखरी निर्माण गर्नुभएका वडा अध्यक्ष बानियाँले वडा भित्र जीर्ण अवस्थामा रहेका चौतारी, विसौना, धारा,कुवा र पोखरीको संरक्षणका लागि वडा स्तरबाट पनि संरक्षण अभियान संचालन गरिएको जानकारी दिनुभयो ।

आफ्नी स्वर्गिय छोरी पुनम बानियाँको स्मृतिमा पुनम स्मृति कोष नै स्थापना गरेर सामाजिक कार्यहरुमा लाग्नु भएका अध्यक्ष बानियाँँले सोही वडा निवासी भूमिहिन पुष्पा कामीले सरकारी जग्गामा बनाएको छाप्रो भत्किएपछि नयाँ घर निर्माणका लागि व्यक्तिगतरुपमा रु १० हजार र वडाबाट तत्कालको उद्धारका लागि ३० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।


गाउँका सम्पदाहरुको संरक्षण र जनताको सुविधालाई विशेष प्राथमिकतालाई राखेर काम गर्दै आएको बताउने अध्यक्ष बानियाँको यस्ता सामाजिक कामहरुको जिल्लामा प्रशंसा हुने गरेको छ । नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा विजयी भएयताका दुई वर्षमा बानियाँले अपाङ्गता भएका बालबालिका, गरिब,असहायलाई सहयोगदेखि लिएर वडामा रहेका सार्वजनिक सम्पतिको संरक्षण,विकास निर्माण र सेवा प्रवाहामा वडावासीहरुको मन जित्न सफल हुनुभएको स्थानीयवासिन्दाहरुले बताएका छन् ।

आफ्नो क्षेत्रमा रहेका प्राकृतिक,ऐतिहाँसिक,धार्मिक लगाएतका सम्पदाहरुको संरक्षण गर्नु, जनताप्रति उत्तरदायी भै निश्क्ष रुपमा सेवाप्रवाहा गर्नु र भूमिहिनहरुलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि स्थानीय सरकारको नै भएको बताउने अध्यक्ष बानियाँले चौतारी पोखरी निर्माण र सम्पदा संरक्षणलाई अभियानकै रुपमा संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार