शुक्रवार, फाल्गुन २४ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी, शुक्रबार फागुन २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखी सुरु भएको दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ ।
एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् । अन्नपूर्ण गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरमा १२० नयाँ र २४ वटा प्रतिलिपि सहित १४४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयको टोलीले ५२ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ ।
वडा नम्बर ५ शिख र वडा नम्बर ६ घार क्षेत्रका सर्वसाधारणले सेवा लिएको शिविरमा गाउँपालिकाको स्वास्थ्य शाखा र बेनी अस्पतालको समन्वयमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा ५० जनाले स्वास्थ्य परिक्षण सेवा लिएका छन् । त्यसैगरि ४३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ४ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका सुचना अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत ८४ जनालाई आयुर्वेदीक परामर्श तथा औषधी वितरण, कृषि ज्ञान केन्द्र र कृषि शाखा मार्फत ७९ जना कृषकलाई रोगकिरा मार्ने बिषादी र भिटामिन तथा ११७ जना कृषकलाई विउबिजन वितरण भएको सुचना अधिकारी आचार्यले बताउनुभयो । शिविरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत १ हजार ५०६ वटा कुखुरा, ७५५ वटा भेडाबाख्रा, ३०० गाईभैसी, ४२ वटा खरायो र १३ वटा घोडा गरि २ हजार ६ सय १५ वटा पशुपंक्षीको लागि ओषधी वितरण तथा कृषकहरुलाई परामर्श सेवा प्रवाह भएको थियो ।
दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन जिल्लामा अभियानको रुपमा घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । प्रजिअ अधिकारीले म्याग्दीमा यसअघि धवलागिरी गाउँपालिकाको गुर्जा, लमसुङ, मराङ, रघुगंगाको रायखोर, मंगलाको कुहुँ र मालिकाको देविस्थानमा एकिकृत घुम्ती शिविर सञ्चालन भइसकेको जानकारी दिनुभयो ।
दुर्गम र ग्रामीण भेगका जनतालाई सबै प्रकारका सरकारी सेवा सुविधा एकै पटक एकै ठाउँबाट लिन पाउँदा समय र खर्चको बचत संगै घरदैलोमै सुविधा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेलले बताउनुभयो । शिविरले सदरमुकाममा रहेका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारण र नसक्ने बृद्धबृद्धाहरुको लागि सहयोग पुगेको उहाँले बताउनुभयो ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
काठमाडौं । राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोकेको छ । राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेतारकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो । असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण…
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको दावी गर्नुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले…
बाँके । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्नुभएको छ । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह खानपिन र नाचगानमा शौखिन भएकाले त्यसमै रमाउँदा राम्रो हुने टिप्पणी गर्नुभयो । ‘व्यापार व्यवसाय,…
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे…