प्रताप बानियाँ म्याग्दी,सोमबार फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
स्वर्गीय नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपाका गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपालीले पार्टीका नेता र कार्यकर्ताको बलिदानबाट नै पार्टी निर्माण भएको बताएका छन् । उनले देशमा भएको विभिन्न आन्दोलन र राजनीतिक क्रान्तिमा होनहार योद्धाहरु गुमाउनुपरेको सम्झना गर्दै स्वर्गीय नेताहरुले देखाएको बाटो र सपनालाई पूरा गर्नुपर्ने बताए ।
नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले दलाल र सामन्तवादलाई परास्त गरी अघि बढ्नुपर्ने विकल्प नभएको बताएका थिए । गण्डकी प्रदेशका सांसद विनोद केसीले देशले होनहार र सक्षम नेताहरु गुमाउनुपर्दा पीडा महशुस भएको बताए । नेकपा जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठ र बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले स्व. नेताद्वयको तस्बिरमा अबिरको टिका लगाउँदै फुल चढाएका थिए ।
तत्कालीन नेकपा एमालेको २०५१ सालमा बेनको ९ महिने सरकारको अर्थमन्त्री बनेका नेता भरतमोहन अधिकारी बिक्रम संवत १९९३ साल बैशाख २२ गते जन्मिएका थिए । विगत लामो समयदेखि श्वासप्रश्वास लगायतका रोगबाट ग्रसित अधिकारीको शनिबार राती साढे ९ बजे उपचारकै क्रममा ह्याम्स अस्तालमा निधन भएको हो । उनले पहिलोपटक अर्थमन्त्री बन्दा ‘आफ्नो गाउँ, आफै बनाऔं’, वृद्धभत्ता, नौ ‘स’ जस्ता लोकप्रिय कार्यक्रमहरु ल्याएर एमालेलाई लोकप्रिय बनाएका थिए ।
यसैगरी कास्की क्षेत्रनम्बर २ बाट चुनाव जितेर प्रतिनिधिसभा सदस्य बनेका पर्यटनमन्त्री अधिकारी २०२६ साल बैशाख २२ गते जन्मिएका उनको गत मङ्गलबार हेलिकप्टर दुर्घटनामा परेर निधन भएको हो । तेह्रथुमको चुहानडाँडामा बन्न लागेको विमानस्थलको अवलोकन कार्यक्रमपश्चात् ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेर उनीसहित ७ जनाको निधन भएको थियो । मन्त्री अधिकारीले पनि नेपालमा पर्यटन बढाउन र विमानस्थल विस्तार तथा सुधारका लागि थुप्रै कामहरुको थालनी गरेका थिए ।
एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…
धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…
बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…