पार्टी एकता टुङ्गाउन म्याग्दीमा नेकपाद्धारा कार्यदल गठन
मंगलबार, चैत १२ गते
। म्याग्दी न्युज संवाददाता
बेनी मंगलबार चैत्र १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ ।
मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो । वैठकले एकतालाई चाँढो टुङ्गाउनका लागि सांगठनिक एकिकरण सम्बन्धी काम गर्नका लागि नेताहरु हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल,बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको छ ।
कार्यदलले आगामी चैत १७ गते सम्म एकिकरणको ठोस प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । पार्टीको सम्पत्ति एकिकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल,हरिकृष्ण श्रेष्ठ,देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदलले चैत २० गते भित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।
यस्तै पार्टीको गाउँपालिका स्तरमा भेलाहरु सञ्चालन र पार्टी एकताको विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी,मंगलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले,मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकीएको छ ।
यसैगरी धौलागिरीमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी,रघुगंगामा देवेन्द्र केसी र विनोद केसी,अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकीएको इन्चार्ज थापाले जानकारी दिनुभयो ।
जनबर्गीय संगठनको एकिकरणको कार्य टुङ्गाउनका लागि तत्कालिन एमाले र माओवादी केन्द्रका अध्यक्ष सहित अन्य दुइ दुईजना रहने गरी जनबर्गीय संगठन एकता सम्बन्धी कार्यदल गठन गरेको छ । कार्यदलले चैत मसान्त भित्र प्रस्ताव पेश गर्ने निर्णय भएको प्रदेश सदस्य तथा संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले बताउनुभयो । पार्टीलाई गतिशिल बनाई स्थानीय तहका जनप्रतिनिधिहरु सँग समन्य गरी विकास निर्माणलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।
वैठकमा इन्चार्ज तथा मुख्यमन्त्री गुरुङले स्थानीय तहहरुमा पार्टी एकिकरणको ठोस प्रस्ताव पेश गर्न कार्यदललाई निर्देशन दिनुभएको नेता गोविन्द पौडलले बताउनुभयो ।
वैठकमा गण्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारी, प्रदेश अध्यक्ष हितराज पाण्डे,सचिव गोविन्द नेपाली, जिल्ला इन्चार्ज थापा,गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन,सांसद विनोद केसी,प्रदेश सदस्यहरु हरिकृष्ण श्रेष्ठ,गोविन्द पौडेल,नवराज शर्मा र जिल्ला समन्यत्र सदस्यहरु सहितको वैठकले चैत महिना भित्र स्थानीय तहमा पार्टी एकिकरण,जनबर्गिय संगठनको एकता,पार्टी सदस्यता नविकरण लगायतका निर्णयहरु गरेको छ ।
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…