पार्टी एकता टुङ्गाउन म्याग्दीमा नेकपाद्धारा कार्यदल गठन

बेनी मंगलबार चैत्र १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ ।

मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो । वैठकले एकतालाई चाँढो टुङ्गाउनका लागि सांगठनिक एकिकरण सम्बन्धी काम गर्नका लागि नेताहरु हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल,बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलले आगामी चैत १७ गते सम्म एकिकरणको ठोस प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । पार्टीको सम्पत्ति एकिकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल,हरिकृष्ण श्रेष्ठ,देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदलले चैत २० गते भित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

यस्तै पार्टीको गाउँपालिका स्तरमा भेलाहरु सञ्चालन र पार्टी एकताको विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी,मंगलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले,मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकीएको छ ।

यसैगरी धौलागिरीमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी,रघुगंगामा देवेन्द्र केसी र विनोद केसी,अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकीएको इन्चार्ज थापाले जानकारी दिनुभयो ।

जनबर्गीय संगठनको एकिकरणको कार्य टुङ्गाउनका लागि तत्कालिन एमाले र माओवादी केन्द्रका अध्यक्ष सहित अन्य दुइ दुईजना रहने गरी जनबर्गीय संगठन एकता सम्बन्धी कार्यदल गठन गरेको छ । कार्यदलले चैत मसान्त भित्र प्रस्ताव पेश गर्ने निर्णय भएको प्रदेश सदस्य तथा संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले बताउनुभयो । पार्टीलाई गतिशिल बनाई स्थानीय तहका जनप्रतिनिधिहरु सँग समन्य गरी विकास निर्माणलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।

वैठकमा इन्चार्ज तथा मुख्यमन्त्री गुरुङले स्थानीय तहहरुमा पार्टी एकिकरणको ठोस प्रस्ताव पेश गर्न कार्यदललाई निर्देशन दिनुभएको नेता गोविन्द पौडलले बताउनुभयो ।

वैठकमा गण्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारी, प्रदेश अध्यक्ष हितराज पाण्डे,सचिव गोविन्द नेपाली, जिल्ला इन्चार्ज थापा,गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन,सांसद विनोद केसी,प्रदेश सदस्यहरु हरिकृष्ण श्रेष्ठ,गोविन्द पौडेल,नवराज शर्मा र जिल्ला समन्यत्र सदस्यहरु सहितको वैठकले चैत महिना भित्र स्थानीय तहमा पार्टी एकिकरण,जनबर्गिय संगठनको एकता,पार्टी सदस्यता नविकरण लगायतका निर्णयहरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार