प्रताप बानियाँ म्याग्दी, ब्धबार फागुन २२ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बुधबार सम्पन्न महिलाहरुको भेलाले शान्ति पौडेलको अध्यक्षतामा वडास्तरीय महिला सञ्जालको पूनर्गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा रन्जिता पौडेल, सचिवमा ईन्दिरा जिसी, उपसचिवमा उमा पौडेल र कोषाध्यक्षमा रुपा खत्री रहेका छन् ।
वडा भेलालाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले गाउँगाउँमा रहेका आमा समूहलाई एकीकृत गर्नका लागि सञ्जालको अवधारणा ल्याइएको बताइन् । उनले महिलाहरुको व्यक्तित्व, नेतृत्व र क्षमताको विकास गर्न सञ्जाल गठन गरिएको बताउँदै समाज परिवर्तनका लागि सबै लाग्नुपर्ने बताएकी थिइन् । नगर कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समाज परिवर्तन र रुपान्तरणका लागि महिला÷पुरुष सँगसँगै हिँड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएकी थिइन् ।
कार्यक्रममा बेनपा–५, का वडा सदस्य रामप्रसाद सुवेदी र वसन्त आमा समूह पुलाचौरका अध्यक्ष शान्ति शर्माले मन्तव्य राखेका थिए । वडास्तरीय महिला सञ्जालका अध्यक्ष शान्ति पौडेलको अध्यक्षता र वडा सदस्य यामकुमारी पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिवालय आमा समूहका विन्दु सुवेदीले स्वागत गरेकी थिइन् ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…