पुलाचौरमा वडास्तरीय महिला सञ्जालको पूनर्गठन

प्रताप बानियाँ
म्याग्दी, ब्धबार फागुन २२ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बुधबार सम्पन्न महिलाहरुको भेलाले शान्ति पौडेलको अध्यक्षतामा वडास्तरीय महिला सञ्जालको पूनर्गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा रन्जिता पौडेल, सचिवमा ईन्दिरा जिसी, उपसचिवमा उमा पौडेल र कोषाध्यक्षमा रुपा खत्री रहेका छन् ।

यसैगरी सञ्जालको सदस्यहरुमा टिकाकुमारी कार्की, सुनमाया परियार, रेजिना कटुवाल, विष्णु आचार्य, राधिका बानियाँ, मनकुमारी विक, लालकुमारी भण्डारी, कौसिला बानियाँ, भीमकुमारी विक, राममाया नेपाली, सरस्वती कार्की, कलमाया पाईजा र सुकमाया परियार रहेको वडा कार्यालयले जनाएको छ ।

वडा भेलालाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले गाउँगाउँमा रहेका आमा समूहलाई एकीकृत गर्नका लागि सञ्जालको अवधारणा ल्याइएको बताइन् । उनले महिलाहरुको व्यक्तित्व, नेतृत्व र क्षमताको विकास गर्न सञ्जाल गठन गरिएको बताउँदै समाज परिवर्तनका लागि सबै लाग्नुपर्ने बताएकी थिइन् । नगर कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समाज परिवर्तन र रुपान्तरणका लागि महिला÷पुरुष सँगसँगै हिँड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएकी थिइन् ।

कार्यक्रममा बेनपा–५, का वडा सदस्य रामप्रसाद सुवेदी र वसन्त आमा समूह पुलाचौरका अध्यक्ष शान्ति शर्माले मन्तव्य राखेका थिए । वडास्तरीय महिला सञ्जालका अध्यक्ष शान्ति पौडेलको अध्यक्षता र वडा सदस्य यामकुमारी पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिवालय आमा समूहका विन्दु सुवेदीले स्वागत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार