बेनी आइतबार फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो ।
सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले शिक्षकहरुको आस्था राजनितिक रुपमा एक ठाउँमा भए पनी आफ्नो पेशामा भने सधै इमानदार हुन आग्रह गर्नुभयो ।
राहत कोटामा अध्यापन गराई रहेका शिक्षकहरुलाई आन्तरिक परिक्षाको माध्यमबाट स्थायी बनाउनु पर्नेमा जोड दिनुभयो । सरकारले अहिले ल्याएको शिक्षा निति पेशागत शिक्षकहरुको हित विपरित भएकाले त्यसको संसोधनका लागी संघर्ष गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधव प्रसाद रेग्मी, सचिव क्या मिन बहादुर कार्की, प्रवक्ता अजय मिलन श्रेष्ठ लगाएतले आफ्नो पेशामा आँच नआउने गरि संगठन विस्तारलाई तिब्रता दिनुको साथै संगठनलाई क्रियाशिल रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, शिक्षक संघ गण्डकी प्रदेश कार्यसमितिका उपाध्यक्ष केशव प्रसाद रेग्मी,नेपाल महिला संघ म्याग्दी अध्यक्ष बिमला गौचन, नेपाल तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले आफ्नो पेशा संगै संगठनको किक्रायकलापलाई प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष कोमल उपाध्याय, मालिका गाउँपालिका शिक्षक संघ इकाई अध्यक्ष गोपाल प्रसाद रेग्मी, रघुगंगा गाउँपालिका अध्यक्ष यु बहादुर गर्बुजा, मंगलाका टेक बहादुर राम्जालीले गाउँपालिकामा शिक्षक संघको अवस्थाको बारेमा जानकारी गराएका गराउनुभएका थियो ।
प्रमुख अतिथि भुसालको प्रमुख आतिथ्यता, अध्यक्ष सुबेदीको अध्यक्षता, सचिव गजेन्द्र श्रेष्ठको सञ्चालन र उपाध्यक्ष नगेन्द्र बहादुर खत्रीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान र समाजिक अभियान्ताका रुपमा सम्मान समेत गरिएको थियो । उहाँलाई प्रमुख अतिथि र कार्यक्रमका सभापती नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुबेदीले सम्मान पत्रद्धारा सम्मान गर्नुभएको हो ।
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…