शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न

बेनी आइतबार फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो ।


सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले शिक्षकहरुको आस्था राजनितिक रुपमा एक ठाउँमा भए पनी आफ्नो पेशामा भने सधै इमानदार हुन आग्रह गर्नुभयो ।

राहत कोटामा अध्यापन गराई रहेका शिक्षकहरुलाई आन्तरिक परिक्षाको माध्यमबाट स्थायी बनाउनु पर्नेमा जोड दिनुभयो । सरकारले अहिले ल्याएको शिक्षा निति पेशागत शिक्षकहरुको हित विपरित भएकाले त्यसको संसोधनका लागी संघर्ष गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधव प्रसाद रेग्मी, सचिव क्या मिन बहादुर कार्की, प्रवक्ता अजय मिलन श्रेष्ठ लगाएतले आफ्नो पेशामा आँच नआउने गरि संगठन विस्तारलाई तिब्रता दिनुको साथै संगठनलाई क्रियाशिल रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, शिक्षक संघ गण्डकी प्रदेश कार्यसमितिका उपाध्यक्ष केशव प्रसाद रेग्मी,नेपाल महिला संघ म्याग्दी अध्यक्ष बिमला गौचन, नेपाल तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले आफ्नो पेशा संगै संगठनको किक्रायकलापलाई प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो ।


यसैगरी कार्यक्रमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष कोमल उपाध्याय, मालिका गाउँपालिका शिक्षक संघ इकाई अध्यक्ष गोपाल प्रसाद रेग्मी, रघुगंगा गाउँपालिका अध्यक्ष यु बहादुर गर्बुजा, मंगलाका टेक बहादुर राम्जालीले गाउँपालिकामा शिक्षक संघको अवस्थाको बारेमा जानकारी गराएका गराउनुभएका थियो ।

प्रमुख अतिथि भुसालको प्रमुख आतिथ्यता, अध्यक्ष सुबेदीको अध्यक्षता, सचिव गजेन्द्र श्रेष्ठको सञ्चालन र उपाध्यक्ष नगेन्द्र बहादुर खत्रीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान र समाजिक अभियान्ताका रुपमा सम्मान समेत गरिएको थियो । उहाँलाई प्रमुख अतिथि र कार्यक्रमका सभापती नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुबेदीले सम्मान पत्रद्धारा सम्मान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार