५० बर्षिय वडा अध्यक्ष गर्बुजा सहित तीन जना जनप्रतिनिधी एसईईमा सहभागी
आइतवार, चैत १० गते
। म्याग्दी न्युज संवाददाता
बेनी आइतबार चैत्र १० गते । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीमा एक वडा अध्यक्ष सहित तीन जना जनप्रतिनिधिहरुले पनि सहभागिता जनाएका छन् । जिल्लाको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसईईमा सहभागि हुनुभएको हो ।
सदरमुकाम बेनीको प्रकाश माविमा रहेको खुला विद्यालयबाट एसईई परिक्षामा सहभागी हुनुभउका ५० बर्षका वडा अध्यक्षम गर्वुजाले एसईई उर्तिण गर्ने लक्ष्य पुरा गर्न परिक्षामा सामेल भएको बताउनुभयो । २०४४ सालमा एसएलसी दिएपनि गणित विषयमा उर्तिण हुन नसेकेपछि पढाइ छोड्नुभएका गर्वुजाले ३१ बर्षपछि एसईईमा सहभागि हुनुभएको हो ।
तीनै जना जनप्रतिनिधिले बेनी सामुदायिक माध्यमिक विद्यालयमा रहेको परिक्षा केन्द्रबाट परिक्षामा सहभागी हुनुभएको केन्द्राध्यक्ष नगेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । त्यस्तै म्याग्दीमा दुईजना दृष्टिविहिन विद्यार्थीहरुले समेत एसईई परिक्षामा सहभागि भएका छन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाबाट दृष्टिविहिन भरत रिजाल र लक्ष्मण बुढाथोकीले मुक्तिधाम मावि भगवतीको परिक्षा केन्द्रबाट सहयोगी मार्फत परिक्षामा सहभागीता जनाउनुभएको छ ।
जिल्लामा परिक्षा सञ्चालन भएका ९ वटा केन्द्रमा ६ जना परिक्षा अनुपस्थित रहेको र २ हजार २ सय ३६ जना परिक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुरले थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको छ ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…
काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…