५० बर्षिय वडा अध्यक्ष गर्बुजा सहित तीन जना जनप्रतिनिधी एसईईमा सहभागी

बेनी आइतबार चैत्र १० गते । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीमा एक वडा अध्यक्ष सहित तीन जना जनप्रतिनिधिहरुले पनि सहभागिता जनाएका छन् ।
जिल्लाको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसईईमा सहभागि हुनुभएको हो ।


सदरमुकाम बेनीको प्रकाश माविमा रहेको खुला विद्यालयबाट एसईई परिक्षामा सहभागी हुनुभउका ५० बर्षका वडा अध्यक्षम गर्वुजाले एसईई उर्तिण गर्ने लक्ष्य पुरा गर्न परिक्षामा सामेल भएको बताउनुभयो । २०४४ सालमा एसएलसी दिएपनि गणित विषयमा उर्तिण हुन नसेकेपछि पढाइ छोड्नुभएका गर्वुजाले ३१ बर्षपछि एसईईमा सहभागि हुनुभएको हो ।


तीनै जना जनप्रतिनिधिले बेनी सामुदायिक माध्यमिक विद्यालयमा रहेको परिक्षा केन्द्रबाट परिक्षामा सहभागी हुनुभएको केन्द्राध्यक्ष नगेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै म्याग्दीमा दुईजना दृष्टिविहिन विद्यार्थीहरुले समेत एसईई परिक्षामा सहभागि भएका छन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाबाट दृष्टिविहिन भरत रिजाल र लक्ष्मण बुढाथोकीले मुक्तिधाम मावि भगवतीको परिक्षा केन्द्रबाट सहयोगी मार्फत परिक्षामा सहभागीता जनाउनुभएको छ ।


जिल्लामा परिक्षा सञ्चालन भएका ९ वटा केन्द्रमा ६ जना परिक्षा अनुपस्थित रहेको र २ हजार २ सय ३६ जना परिक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुरले थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार