लायन्स क्लवको चुनाव प्रचार टोली बेनीमा

बेनी शनिबार चैत्र ९ गते । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको ३२५ बि १ को आगामी बैशाखमा हुनै छैटौ जिल्ला सम्मेलनबाट चयन हुने सेकेण्ड भ्वाइस डिष्ट्रिक्ट गर्भनर पदका लागि उमेद्वारी घोषणा गर्नुभएका विश्वेश्वर आचार्यको टोलीले शुक्रबार बेनीमा चुनाव प्रचार गरेका छन् ।

बैशाख ७ र ८ गते हुने सम्मेलनबाट चयन हुने भ्वाइस डिस्ट्रिक्ट गर्भनर पदका लागि पोखराका आचार्य र धु्रव श्रेष्ठले उमेद्वारी घोषणा गरेसँगै लायन्स क्लवमा चुनावको चहलपहल बढेको छ ।

आचार्यको टोलीले शुक्रबार बेनीमा रहेका सात वटा लायन्स क्लवका पदाधीकारीहरुसँग भेटघाट र अन्तरक्रिया गरेर आफ्नो लागि भोट मागेको हो । उमेद्वार आचार्यले लायन्सको मान्यता र समाजसेवाको भावनालाई विस्तार गर्न आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार