म्याग्दीको बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम सुरु भएको छ । महिलाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण समाजमा महिलाहरु हिंसामा पर्ने गरेको हुँदा आयआर्जन तथा व्यवसायिकमूलक क्षेत्रमा आबद्ध भएर आत्मनिर्भर बन्नुपर्ने बताइन् । उनले समाज परिवर्तन र रुपान्तरणका क्षेत्रमा महिलाहरुको ठूलो हात रहेको बताउँदै महिलाको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएकी छिन् ।
बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पराजुलीले तालिममा सिकेका ज्ञान तथा सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्नुपर्ने बताए । दुई दिनसम्म चल्ने तालिममा सहकारी, नेतृत्व, निर्णय कार्य, सहभागितात्मक निर्णय कार्य र महत्व, महिला संस्थामा सहभागितात्मक निर्णय कार्यको विधि, सञ्चार, महिला विकास कार्यक्रममा संस्थागत विकासका चरण तथा महत्व र नेतृत्व विकासका साधक एवं बाधक तत्वहरुका विषयमा सहजीकरण गरिने भएको छ ।
तालिमको बेनपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पराजुली, नायब सुब्बा शिव शर्मा, शाखा अधिकृत युवराज थापा, र सहायक महिला विकास निरीक्षक प्रतिमा शर्माले सहजीकरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । दुई दिनसम्म चल्ने तालिममा तत्कालीन महिला तथा बालबालिका कार्यालय म्याग्दीले प्रवद्र्धन गरेका महिला सहकारीमा आबद्ध २५ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटनसत्र निमित्त प्रमुख पराजुलीको अध्यक्षता, नासु शर्माको स्वागत र सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…
काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले…