पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो ।
खोप सप्ताहको अवसरमा बालबालिकालाई पूर्ण खोप र यसको महत्वबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी–७, का वडा सदस्य देवेन्द्र थापाको अध्यक्षता र कार्यपालिका सदस्य अमृता भण्डारीको विशेष उपस्थितिमा सञ्चालित अभिमुखिकरणमा स्वास्थ्य व्यवस्थापन समिति, वडा सदस्यहरु र खोप उमेर समूहका बच्चा तथा आमाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ताकम स्वास्थ्चौकीका इन्चार्ज सम्झना क्षेत्रीले बालबालिकालाई पूर्ण खोपको महत्व, खोपको प्रकारहरु, खोप लगाउने समय, खोप लगाउँदा हुने फाइदा, कुन खोप कहिले दिने, खोप पाइने स्थान, बालबालिकालाई खोप लगाएपछि देखापर्ने सामान्य असरहरु, खोप कार्डको महत्व र व्यवस्थापन तथा आमा र बच्चाको व्यक्तिगत सरसफाइको विषयमा सहजीकरण गरेकी थिइन् ।
खोपसम्बन्धी विभिन्न जानकारी र कार्यक्रम गर्ने उद्देश्यसहित विश्वभर हरेक वर्ष अप्रिल २४ देखि ३० सम्म खोप सप्ताह मनाउने गरिन्छ । त्यस्तै नेपालमा पनि सन् २०१२ देखि खोप सप्ताह मनार्इँंदै आइएको छ । कुनै पनि बालबालिकाहरु खोपको पहुँचभन्दा बाहिर नपरुन् भनेर सरकारले राष्ट्रिय खोप कार्यक्रम चलाइरहेको छ । राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई ११ वटा खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । बालबालिकालाई (भ्यागुते, लहरेखोकी, धनुष्टङकार, हेपाटाइटिस ‘बी’, हेमोफिलस ईनफ्लुएन्जा, जापानीज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुबेला) जस्ता रोगहरुबाट बचाउन खोप दिने गरिन्छ ।
धेरै अभिभावकले आफ्ना नानी बाबुहरुलाई जन्मनेबित्तिकै खोप दिनुपर्छ भन्ने जानकारी पाए पनि कतिपय अभिभावकहरु पूर्ण खोपबारे जानकारी नहुँदा बालबालिकाहरु अहिले पनि खोपको पहुँचभन्दा बाहिरै छन् । कतिले खोप लगाउन सुरु गरे पनि ११ प्रकारकै खोप पाउँदैन् ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने बताउनुभएको छ। सरकारको तर्फबाट सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको नीति…
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्य अनुसारको सडक निर्माण नहुने देखिएको बताउनुभएको छ । राष्ट्रियसभामा आजको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले…
काठमाडौं । राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोकेको छ । राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेतारकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो । असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण…
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको दावी गर्नुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले…