सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !

साधन राम्जाली
बेनी बिहिबार चैत्र २८ गते ।
कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ ।

कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयको हो । कक्षा कोठा हेर्दा निजी भन्दा कम छैन । हुनत बेनीका निजी विद्यालयहरुमा यत्तिको सुविधा नै छैन । मङ्गो शुल्क त्यसमा पनि विद्यार्थीको वढ्दो चाप निजी विद्यालयहरुमा छ ।

बेनी सामुदायिक विद्यालयले यहि शैक्षिक सत्रबाट सञ्चालनमा ल्याएको मन्टेश्वरी कक्षा हो । सजावटयुक्त मन्टेश्वरी कक्षा निजी भन्दा कुनै कम छैन ।
विद्यालयले मन्टेश्वरी कक्षा ९पुर्व प्राथमिकतह० को पढाई सुरु गरेको छ । बालबालिकालाई सुरु देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले सुरु भएको मन्टेश्वरीमा प्ले ग्रुप,नर्सरी,जुनियर र सिनियर कक्षा संचालन भएको प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दुई बर्ष अघि देखी संचालनमा आएको मन्टेश्वरीमा ६० विद्यार्थी अध्ययनरत छन् । दुई बर्ष माथि र पाँच बर्ष मुनिका बालबालिहरु मन्टेश्वरीमा भर्ना हुन पाउने प्रअ श्रेष्ठले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न मन्टेश्वरी कक्षा संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

‘सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न तल्लो तहदेखी अंग्रेजी माध्यमको मन्टेश्वरी कक्षा संचालनमा ल्याएका हौ’ – उहाँले भन्नुभयो । प्ले ग्रुपका विद्यार्थी भर्नामा सहयोग स्वरुप १ हजार रुपैयाँ शुल्क उठाए पनि अन्य कक्षा भने निशुल्क हुने प्रअ श्रेष्ठको भनाई छ । मन्टेश्वरीमा चार जना शिक्षकको व्यवस्था गरिएको छ । मन्टेश्वरीका विद्यार्थीहरुले दिवा खाजा घरबाट लिएर आउने गर्छन् ।

मन्टेश्वरी संचालनका लागि दुई जना शिक्षकका लागि मासिक १२ हजार रुपियाँ खर्च आउने भएपनि तलबका लागि त्यो रकम पर्याप्त नभएको प्रअ श्रेष्ठको भनाई छ । मन्टेश्वरी कक्षा संचालन संगै विद्यार्थीको चाप बढ्ढै गएको प्रअ श्रेष्ठले बताउनुभयो ।

माध्यमिक तहसम्म पढाई हुने विद्यालयमा कक्षा नौं सम्म अंग्रेजी माध्यमबाट पढाई हुँदै आइरहेको छ । शिक्षामा प्रविधिको प्रयोगलाई जोड दिएको बेनी सामुदायिक माविले कम्प्युटर कक्षालाई पनि अनिबार्य बनाएको छ ।

शिक्षाको गुणस्तर बृद्धिलाई जोड दिएको को छ । विद्यालयले आर्थिक समस्या, भवन अभाव र छेउमै रहेको सडकको धुँवा धुलो तथा बजारको कोलाहलबाट पठनपाठनमा समस्या थपिदिएको छ ।

‘बार्षिक ३३ लाख रुपैयाँ निजि शिक्षकको तलबका लागि समुदाय स्तरबाट आर्थिक सहयोग जुटाउनुपर्छ ’प्रअ श्रेष्ठले भन्नुभयो । ‘सरकारले माधयमिक तह सम्मको शिक्षा निशुल्क घोषणा गरे पनि शैक्षिक गुणस्तर बृद्धि गर्न प्रविधिको प्रयोग गर्नुपर्दा कुनै कुनै रुपमा अभिभावकबाट विद्यालय संचालनका लागि चन्दा उठाउन बाध्य छौं । ’मन्टेश्वरी देखी कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ९ सय ६३ विद्यार्थी अध्ययनरत छन् ।

नवविकल्प साप्ताहिक पत्रिकामा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार