राप्रपाले जलायो ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर

बेनी शनिबार बैशाख ७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर र प्लेकार्ड जलाएको छ । राप्रपाले पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाललाई हिन्दुराष्ट्र पुनसर््थापनाका लागि जनसङ्घर्षका चरणहरुमध्ये धर्मनिरपेक्षता खारेजीको मागसहित व्यानर जलाएको हो ।

राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनको विशेष उपस्थितिमा बेनीको न्युरोडमा कोणसभा कार्यक्रमको आयोजना गरी व्यानर र प्लेकार्ड जलाइएको राप्रपा म्याग्दीले जनाएको छ । राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापा क्षत्रीले कोणसभाको अध्यक्षता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार