पुर्व कोषाध्यक्ष तथा पुर्वमन्त्री ताम्राकारको निधन भएपछि कांग्रेसको जागरण अभियान बैशाख २५ लाई सर्‍यो

चितवन मंगलबार बैशाख १० गते । नेपाली कांग्रेसले वुधबारदेखि सुरु गर्ने तय भएको १ महिने जागरण अभियान स्थगित भएको छ। कांग्रेसका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएपछि देशव्यापी रूपमा सुरु गर्न लागिएको अभियान स्थगित गरिएको नेपाली कांग्रेसले जनाएको छ।

केन्द्रीय सर्कुलरअनुसार चितवनमा हुने कार्यक्रमको तयारी पूरा गरे पनि तम्राकारको निधनले अभियान स्थगित गरेको कांग्रेस चितवनका सचिव उत्तम जोसीले बताए। पार्टीको कार्यक्रमअनुसार कांग्रेस प्रतिनिधिहरू जिल्ला जिल्लामा पुगिसकेका थिए।

सोहीअनुसार चितवनमा पनि प्रतिनिधि रमेश लेखक कार्यक्रमका लागि पुगिसकेका थिए। केन्द्रिय समितिको निर्णयअनुसार अब जिल्लाका सबै तहकामा पार्टीको झण्डा ३ दिन झुकाउने भएका छन्। स्थगित भएको कार्यक्रम वैशाख २५ गतेबाट चितवनसहित देशभर सुरु गर्ने सर्कुलर केन्द्रबाट आएको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए।
थाहा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार