नेपाली नयाँ वर्ष विशेष लागि कलाकार लन्डनमा

लण्डन, विहिबार बैशाख १२ गते। बेलायतबासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले नेपाली नयाँ वर्ष एक विशेष कार्यक्रमसहित मनाउने भएको छ । अप्रिल २७ तारिख ‘नयाँ वर्ष २०७६ शुभकामना साँझ’ विविध कार्यक्रमहरु सहित मनाइने भएको हो । फार्नबरोको स्यामुएल कोर्डी स्पोर्टस् कलेजमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुले प्रस्तुति गर्ने भएका छन् ।

कार्यक्रमका लागि नेपालबाट चर्चित लोकदोहोरी गायिका कुमारी चेपांग र चर्चित पप गायिका निकिता थापा लन्डन आइपुगेका छन् । यसैगरी चर्चित लोकदोहोरी गायक कुमार पुन पनि आउदैछन् भने, स्पेनदेखि आउने चर्चित लोक दोहोरी गायिका अनुषा थापा जैसी पनि कार्यक्रमका आउदै छन् । साथमा स्थानिय कलाकारहरुको प्रस्तुति, धौलागिरी नौमती बाजा र सोरठी नाँचहरुबाट समेत मनोरञ्जन गराइने कार्यक्रम छ ।

उनलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ, स्वागतका लागि विमानस्थलमा मोना यूकेका उपाध्यक्षहरु कुमार फगामी तथा होम बहादुर रोका,एडमिन सेक्रटरी चित्र बुढा, कोषाध्यक्ष पदम गर्बुजा लगायतको उपस्थिति थियो । लण्डन नेपाल न्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार